काठमाडौं | निर्देशक प्रदीपकुमार चौधरी (पिके डन) को डेब्यू फिल्म “तरंग” को पहिलो पोस्टर सार्वजनिक गरिएको छ।
पोस्टरमा मुख्य कलाकार वरुण अधिकारी र रविना केसी देखिएका छन्, जहाँ उनीहरूको मौन प्रेमभाव झल्किएको छ। पाेस्टर उत्सव पाण्डेले तयार गरेका हुन् ।
फिल्मलाई सुपरनेचुरल लभस्टोरीका रूपमा प्रस्तुत गरिएको छ भने छायांकन मोरङ, चितवन र पोखरा लगायत स्थानमा गरिएको छ। फिल्ममा वरुण र रविनासँगै बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरीकाे अभिनय रहेकाे छ ।
तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्ममा हरिनारायण चौधरी कार्यकारी निर्माता छन् । महेश पौडेलले छायांकन गरेको फिल्ममा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन, मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ । फिल्मको प्रदर्शन मिति भने हालसम्म घोषणा गरिएको छैन।
