Home Main Highlight News फिल्म ‘लालीबजार’ को ट्रेलर सार्वजनिक
   

फिल्म ‘लालीबजार’ को ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । प्रदर्शन तयारीमा रहेको फिल्म ‘लालीबजार’ को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रणबारे जानकारी दिन्छ। स्वस्तिमा खड्काको मुख्य अभिनय रहेको यो फिल्म बादी समुदायको कथामा आधारित छ।

सार्वजनिक ट्रेलरले बादी समुदायका महिलाले सामन्ती र पितृसत्तात्मक समाजबाट भोग्नुपरेको श्रम तथा यौन शोषणको मर्मस्पर्शी कथा प्रस्तुत गरेको संकेत गर्छ। पुस्तौंदेखि विभेद, गरिबी र सामाजिक अपमान सहँदै आएको समुदायको पीडा ट्रेलरमा सशक्त ढंगले उतारिएको देखिन्छ।

एक महिलाको आत्मसम्मान र स्वतन्त्रताका लागि गरिएको संघर्षलाई फिल्मको मुख्य कथावस्तु बनाएको अनुमान गर्न सकिन्छ। अन्यायविरुद्ध उभिने साहस, परम्परागत सोचसँगको टकराव र परिवर्तनको चाहना ट्रेलरमा प्रस्ट झल्किन्छ।

समग्रमा, ‘लालीबजार’ केवल मनोरञ्जनात्मक फिल्म नभई समाजको गहिरो घाउ र उत्पीडित समुदायको आवाज बोल्ने संवेदनशील कथामा आधारित फिल्म हुने संकेत ट्रेलरले दिन्छ।

यम थापाको कथा तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानिया, विशाल देवकोटा, समाइरा थापा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, नवराज रेग्मी, घनश्याम जोशीलगायत कलाकारहरूको अभिनय छ। यसअघि ‘टलकजंग भर्सेस टुल्के’, ‘जात्रा’ का तीन श्रृंखला र ‘महापुरूष’ निर्माण गरेको षट्कोण आर्टस्को ब्यानरमा ‘लालीबजार’ निर्माण भएको हो ।

फिल्मको पटकथा/संवाद लेखन प्रदीप भट्टराई र यम थापाको हो। निर्मातामा म्याक्स दिपेश खत्री र रवीन्द्रसिंह बानिया छन्। कार्यकारी निर्माता प्रदीप भट्टराई हुन्। ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि प्रदर्शनमा आउनेछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link