बिर्तामाेड । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘काजी’ आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले आइतबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो ।
फिल्ममा विपिनसँगै, केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय छ ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म रिजाल एन्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । लक्ष्मण रिजालको निर्देशन रहेको फिल्ममा प्रदीप भारद्धाजको लेखन, चिन्तन राजभण्डारीको छायाङ्कन, कालीप्रसाद बास्कोटाको संगीत छ ।
फिल्मको कार्यकारी निर्मातामा असिम काफ्ले र निर्माता नेहान रिजाल, विकाश राज जोशी छन् । फिल्मको श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्नेछ ।
