Home Main Highlight News फिल्म ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने
   

फिल्म ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । अभिनेत्री रेखा थापाको निर्देशन रहेको फिल्म ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्ष र वितरकहरूबिच भएको आपसी सहमति र सम्झौता अनुसार फिल्म यो मितिमा रिलिज गर्न लागिएको वितरक करण श्रेष्ठले बताए । उनले भने ‘तीजको विशेष अवसर पारेर कुशे औँसी (बुबाको मुख हेर्ने दिन) फिल्म आउनेछ ।’

फिल्मको वितरण रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले जिम्मा लिएका छन् । रेखाले यसै फिल्म मार्फत ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन् । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल फिल्मको निर्देशन गरिसकेकी रेखाको यो तेस्रो हो ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीले पनि अभिनय गरेकी छन् ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको फिल्ममा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ । फिल्मका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन् । ध्रुव लम्सालको पटकथा लेखन रहेको फिल्ममा सुदीप बरालको छायाङ्कन छ ।

https://www.youtube.com/watch?v=DgbzpDkcItg&t=11s

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link