Home Main Highlight News रचना रिमालको स्वर रहेको गीत ‘रातो रातो बर्को’ सार्वजनिक
   

रचना रिमालको स्वर रहेको गीत ‘रातो रातो बर्को’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । गायक कुलेन्द्र विश्वकर्मा र गायिका रचना रिमालको स्वर रहेको गीत ‘रातो रातो बर्को’ सार्वजनिक गरिएकाे छ । गीतमा नेत्र अर्यालको शब्द र खेम चौधरीको संगीत रहेको छ ।

गीतको भिडियोमा प्रथम क्षेत्री र सुनिशा बजगाईँको आकर्षक अभिनय देख्न सकिन्छ भने प्रेम, रोमान्स र लोक संस्कृतिको सुन्दर मिश्रणले सजिएको यस गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

भिडियोमा ‘रातो बर्को’लाई मुख्य आकर्षणको रूपमा प्रयोग गरिएको छ, जसले गीतको भावलाई थप प्रगाढ बनाएको भिडियाेमा पनि देख्न सक्छाैँ। विभिन्न रमणीय स्थानहरूमा छायाङ्कन गरिएको भिडियोमा करण चैसिर र उनको टिमले छायाङ्कन गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका हुन् । भिडियोमा निर्देशन प्रथम क्षेत्रीले गरेका हुन् ।

https://www.youtube.com/watch?v=3qnYnshWDJE

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link