Home Main Highlight News ‘छ माया छपक्कै २’को शुभमुहूर्त, दीपकसँग केकी र सनिशा
   

‘छ माया छपक्कै २’को शुभमुहूर्त, दीपकसँग केकी र सनिशा

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । दशैँमा रिलिज हुने भनिएको चलचित्र ‘छ माया छपक्कै २’को सोमबार झुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गरिएको छ ।

दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको यस फिल्ममा पनि दीपकराज गिरी र केकी अधिकारी नै मुख्य भूमिकामा देखिने भएका छन् । साथमा मोडल तथा अभिनेत्री सनिशा भट्टराईको पनि अभिनय रहनेछ ।

आमा सरस्वती मूभिजसँग सहकार्य गर्दै निर्माता रोहित अधिकारीले यस फिल्मको निर्माण गर्ने भएका छन् । नुवाकोटसहित पोखरा र काठमाडौंमा छायाँकन गरिने यो फिल्म ‘छ माया छपक्कै’को सिक्वेल भएको निर्माण टिमले जनाएको छ । अभिनेत्री दीपाश्री निरौलाका अनुसार अघिल्लो भाग जहाँ सकिएको थियो यो फिल्म त्यहीँबाट फिल्म सुरु हुनेछ ।’

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link