8
दमक । आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले दमकमा पाँच दिने ‘चलचित्र निर्देशन’ तालिम भइरहेको छ ।
चलचित्र विकास बोर्डको सहयोग र धिमाल चलचित्रकर्मी संघको आयोजनामा शनिबारदेखि सुरु भएको तालिमको उद्घाटन कोशी प्रदेशका सांसद नम्बरलाल धिमालले गर्नुभएको थियो । वैशाख १६ गतेसम्म सञ्चालन हुने तालिममा धिमाल समुदायका २० जना युवाको सहभागिता रहेको छ । चलचित्र निर्देशक अरुण प्रधानले सहजीकरण गरिरहनुभएको तालिममा कथा प्रस्तुति, दृश्य भाषा, कलाकार परिचालन र निर्माण प्रक्रियासम्बन्धी आधारभूत सीप सिकाइनेछ ।
मातृभाषी चलचित्रमार्फत स्थानीय भाषा, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमलाई प्राथमिकता दिइएको बोर्डले जनाएको छ ।
