Home Main Highlight News गायक सुरज कालाखेती र विनु अधिकारीकाे स्वर रहेकाे गीत ‘यसरी यसरी’ सार्वजनिक
 

गायक सुरज कालाखेती र विनु अधिकारीकाे स्वर रहेकाे गीत ‘यसरी यसरी’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । गायक तथा संगीतकार सुरज कालाखेतीको नयाँ रोमान्टिक गीत ‘यसरी यसरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। फिल्म तथा म्युजिक भिडियोका छायाँकार जीवन पराजुलीको निर्देशन रहेको भिडियो विनु अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

क्यानाडाका विभिन्न रमणीय तथा प्राकृतिक स्थानमा छायांकन गरिएको भिडियोले प्रेम, भावना र सम्बन्धका मधुर पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।

गीतमा गीतकार डीपी खनालको शब्द, सुरज कालाखेतीको संगीत तथा सुरज कालाखेती र विनु अधिकारीको स्वर रहेको छ। गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रोमन बज्राचार्यले गरेका हुन् भने रेकर्डिङ राज रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको हो।

म्युजिक भिडियोमा विनु अधिकारी, रमन पराजुली, सुरज कालाखेती र नविना श्रेष्ठको अभिनय रहेको छ। भिडियोका छायाँकार उत्तम अर्याल हुन्। भिडियोमा अनिता ओलीको मेकअप, मनोज बीकेको कोरियोग्राफी तथा राजेश कुमारको सम्पादन एवं कलर ग्रेडिङ रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link