Home Main Highlight News तीज अगावै गायिका विष्णु माझीले ल्याइन् ‘झोर्ले हजुर’
 

तीज अगावै गायिका विष्णु माझीले ल्याइन् ‘झोर्ले हजुर’

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड। लामो अन्योललाई चिर्दै गुमनाम लोकदोहोरी गायिका विष्णु माझीले दर्शकमाझ गीत ल्याएकी छन् । ‘झोर्ले हजुर’ बोलको यो गीत चाहिँ सपना म्युजिक इन्डस्ट्रिजभन्दा बाहिरको कम्पनीबाट ल्याइएको हो ।

यसअघि उनका गीत उक्त कम्पनीबाट मात्र आउने गर्थे । दर्शकलाई सरप्राइज दिँदै माझीले नयाँ गीत ल्याएकी हुन् ।

गीतमा माझीसँगै बाबुकृष्ण परियारको गायन छ । शब्द रमेश बिजीको हो भने बाबुकृष्णकै संगीत छ । संगीत संयोजनको काम श्यामश्वेत रसाइलीले गरेका हुन् ।

बाबुकृष्णको पछिल्लो हिट गीतमा ‘कश्मिरे पछ्यौरी’ हो जुन युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश थियो । माझीले केही वर्षयता आफ्नाभन्दा बाहिरी कम्पनीका गीत गाउन छाडेकी थिइन् ।

उनले हरेक वर्ष दशैं र तीजमा मात्र गीत ल्याउँथिन् त्यो पनि आफ्नै होमप्रोडक्सनबाट । दर्शक पनि दशैं र तीजमा उनका गीत आउने प्रतीक्षामा हुन्थे । यसपटक भने तीज आउनु अगावै माझीले गीत ल्याएकी छिन् ।

मगर संस्कृति र भाषामा अभिवादनका लागि प्रयोग गरिने शब्द ‘झोर्ले’ लाई विम्व बनाएर गीत बनाइएको छ । यो गीतको भिडियोमा बाबुकृष्णसहित सुजैन सिंह खड्काको नृत्य तथा अभिनय देख्न सकिन्छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link