Home Main Highlight News दसैंपछि ‘कबड्डी ५’, कार्तिक ६ गतेदेखि पर्दामा
   

दसैंपछि ‘कबड्डी ५’, कार्तिक ६ गतेदेखि पर्दामा

by Parda Sansar
A+A-
Reset

झापा । नेपाली फिल्मको लोकप्रिय शृंखला ‘कबड्डी’को पाँचौं संस्करण ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’को प्रदर्शन मिति तय भएको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको यो फिल्म कार्तिक ६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म यसअघि दसैंको अवसरमा रिलिज गर्ने तयारी थियो । तर दसैंमा अन्य नेपाली फिल्मलाई पनि प्रदर्शनको अवसर दिनुपर्ने भन्दै रिलिज मिति पछि सारेर कार्तिक ६ गते तय गरिएको निर्देशक गुरुङले बताएका छन् । यससँगै फिल्म दसैंको करिब एक सातापछि र तिहारभन्दा केही अघि दर्शकमाझ आउनेछ।

शुक्रबार सार्वजनिक गरिएको पोस्टरमा दयाहाङ राई, विजय बराल र बुद्धि तामाङलाई प्रस्तुत गरिएको छ। पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो बढेको छ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, विपिन कार्की र मिस यूके नेपाल–२०१७ सिर्जना गुरुङलगायत कलाकारको अभिनय छ। विपिन कार्की र सिर्जना गुरुङ यसपटक शृंखलामा नयाँ कलाकारका रूपमा जोडिएका हुन् ।

करिब १२ वर्षदेखि दर्शकमाझ लोकप्रिय रहेको ‘कबड्डी’ शृंखलाका अघिल्ला चार संस्करणले राम्रो चर्चा र व्यावसायिक सफलता पाएका छन्। पुराना कलाकारको निरन्तरता, नयाँ कलाकारको प्रवेश र रामबाबु गुरुङको निर्देशनका कारण ‘कबड्डी ५’ प्रतीक्षित फिल्ममध्ये एक बनेको छ। कार्तिक ६ गतेको प्रदर्शनसँगै फिल्मले तिहारको माहोललाई थप तताउने अपेक्षा गरिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link