Home Main Highlight News नारायण रायमाझीकाे निर्देशनमा ‘बसन्ती’ बन्दै, मुख्य भूमिकामा खेम र टेरिया
   

नारायण रायमाझीकाे निर्देशनमा ‘बसन्ती’ बन्दै, मुख्य भूमिकामा खेम र टेरिया

by Parda Sansar
A+A-
Reset

काठमाडौं । निर्माता तथा निर्देशक नारायण रायमाझीले नयाँ नेपाली सिनेमा ‘बसन्ती’को निर्माण घोषणा गरेका छन् । शुक्रबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको हो ।

यसअघि पनि ‘बसन्ती’ नाममा सिनेमा निर्माण भइसकेको छ । २०५७ सालमा नीर शाहले यही नाममा सिनेमा निर्देशन गरेका थिए । उक्त सिनेमा उपन्यासकार डायमण्ड समशेर राणाको उपन्यास ‘बसन्ती’मा आधारित थियो । २६ वर्षपछि सोही नाममा नारायण रायमाझीले नयाँ सिनेमा निर्माण गर्न लागेका हुन् ।

यो निर्देशक रायमाझीको चौथो निर्देशकीय सिनेमा हो । यसअघि उनले ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरेका थिए । यी सबै सिनेमा बक्सअफिसमा सुपरहिट भएका थिए ।

असोज ३ गते शनिबारदेखि सिनेमाको काठमाडौं सेड्युलको छायांकन सुरु गरिने निर्देशक रायमाझीले बताए । सिनेमाको छायाँकन काठमाडौं, पाल्पा, जनकपुर र बुटवलसँगै भारतका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ ।

रिमा फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुने सिनेमाले कस्तो कथा प्रस्तुत गर्नेछ भन्ने विषय भने निर्माण पक्षले गोप्य राखेको छ । ‘बसन्ती’मा संगीतकार तथा चर्चित गायक खेम सेन्चुरी र अभिनेत्री टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन् । यो टेरियाको दोस्रो सिनेमा हो भने खेमले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

चर्चित भारतीय टेलिभिजन रियालिटी शो ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’ र ‘झलक दिखला जा सिजन ९’ की विजेता टेरियाले यसअघि उनले ‘मितज्यू’बाट नेपाली रजटपटमा डेव्यु गरेकी थिइन् । यो सिनेमामा उनको अभिनयको निकै तारिफ भएको थियो ।

साथै सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल, हरि अधिकारीलगायत कलाकारको पनि यो चलचित्रमा अभिनय रहनेछ ।

निर्देशक रायमाझी कै लगानी रहने ‘बसन्ती’को कथा रमेश बिजीले लेखेका हुन् । सिनेमाको मुख्य सह-निर्देशकमा चन्द्र कुमार भट्टराई, एशोसियट निर्देशकमा सुजता बस्याल राना, सह-निर्देशकका रूपमा यगे बहादुर राउत र सन्जीव चन्द रहेका छन् ।

सिनेमाको गीतमा रमेश बिजि, लालगोपाल सुवेदी, बिबि अनुरागी र नारायण रायमाझीको शब्द रहनेछ । संगीतकारमा बिबि अनुरागी र नारायण रायमाझी रहने छन् । सिनेमा छायांकन शिव ढकालले गर्नेछन् । सह-छायांकारमा जयन्द्र रावल जोडिएका छन् ।

नहकुल खड्काले सम्पादन गर्ने सिनेमामा रोशन विश्वकर्मा र रविता मगरको कोरियोग्राफी, श्यामश्वेत रसाइलीको साउन्ड डिजाइन तथा मिक्सिङ, दिनेश बिष्टको भिएफएक्स, धन बहादुर राई (सन्देश)को प्रोडक्सन डिजाइन, सेट डिजाइन तथा निर्माणमा हुम बहादुर बिक, आर्टमा धुर्व कार्की र श्रृंगार सरोज बुढाथोकी, ड्रेस डिजाइन श्रेया लो र लाइन प्रोड्युसरमा खेमराज अर्याल (मिराज) रहने छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link