Home Main Highlight News ‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक, चलचित्र असोज १६ बाट प्रदर्शन
   

‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक, चलचित्र असोज १६ बाट प्रदर्शन

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक झन्डै चार मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे संक्षिप्तमा प्रकाश पारेको छ । मुस्ताङको सेटिङमा फिल्मले चार पात्रको कथा पेस गरेको छ, जहाँ प्रेम, वियोग र झगडालाई समेटिएको छ ।

सुरक्षा पन्तलाई मन पराउने तीन युवा र त्यसक्रममा आउने घटनाक्रमलाई ट्रेलरमा हास्य शैलीमा देखाइएको छ । कडा स्वभावकी सुरक्षाले पुरुष पात्रहरूसँग गरेका कुटपिट र झगडाका दृश्य दर्शकलाई रोचक लाग्न सक्छ । ट्रेलरले सुरक्षा र मुकुन भुसाल फिल्ममा श्रीमान्–श्रीमती रहेको खुलासा समेत गर्छ ।

असोज १६ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्ममा मुकुन र सुरक्षासहित विल्सन विक्रम राई, उमेश राई (फुलन्देकी आमा), रवीन्द्र झा, गणेश गौतम, अंशु महर्जन, बविन राई, प्रेम देव गिरी, खड्गबहादुर पुनलगायतका कलाकारहरूको अभिनय रहेको छ । ‘प्रेम चरो’को रूपमा परिचित नारायण त्रिपाठीले यही फिल्मबाट दुई दशकपछि अभिनयमा पुनरागमन गरेका छन् ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्मातामा सुनिता सापकोटा र राम नारायण उपाध्याय रहेका छन् भने उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्मातामा छन् । फिल्ममा बन्दे प्रसादको सम्पादन, एभरेष्ट सूर्य बोहरा र शिवम् अधिकारीको लेखन, सहास शाक्यको पार्श्व ध्वनी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link