Home Main Highlight News नेपाल, भुटान र भारतको संयुक्त निर्माणमा बनेको ‘टनेल २६’ को प्रदर्शन मिति तय
   

नेपाल, भुटान र भारतको संयुक्त निर्माणमा बनेको ‘टनेल २६’ को प्रदर्शन मिति तय

by Parda Sansar
A+A-
Reset

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ २३ असोजदेखि प्रदर्शनमा आउने भएको छ ।

सांगे सेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको फिल्ममा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, भुटानी अभिनेता सांगे सेल्ट्रिम तथा दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको सहकार्य छ ।

निर्माताले प्रदर्शन मितिबारे जानकारी दिन पोस्टर समेत सार्वजनिक गरेका छन् । सार्वजनिक पोस्टरमा अँध्यारो र रहस्यमय सुरुङ देखाइएको छ। सुरुङभित्र केही पात्र देखिन्छन् भने ‘द कर्स बिनिथ द माउन्टेन’ अर्थात् ‘पहाडमुनिको श्राप’लाई मुख्य विषयका रूपमा प्रस्तुत गरिएको छ।

लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्। फिल्ममा सांगे सेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्।

नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिता रहेको फिल्मलाई नेपाल र भुटानमा प्रदर्शन गरेपछि अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी छ। एसिया तथा उत्तर अमेरिकालगायतका बजारमा अन्तर्राष्ट्रिय वितरण साझेदारमार्फत चलचित्र प्रदर्शन गर्ने योजना छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link