मुम्बई । हामी तपाईंलाई दक्षिण भारतीय फिल्मका पाँच ठूला सिक्वेलको बारेमा बताउँदैछौं जसलाई उत्सुकतापूर्वक प्रतिक्षा गरिएका छन् । यी फिल्मको पहिलो भागले बक्स अफिसमा धमाल मच्चाएको थियो । अब सिक्वेलबाट पनि त्यस्तै अपेक्षा गरिएको छ ।
हालै, ’कनप्पा’ निर्देशक तथा अभिनेता विष्णु मंचुले सन् २००७ को आफ्नो हिट फिल्म ’धी’को सिक्वेल बनाउन चाहेको बताएका छन् । यसपछि, फ्यान अत्यन्तै खुसी छन् । साउथ फिल्ममा फेरि एक पटक सिक्वेल बनाउने चलनले गति लिइरहेको छ ।
’बाहुबली’, ’केजीएफ’ र ’पुष्पा’ जस्ता फिल्मको ब्लकबस्टर सफलता र तिनका सिक्वेलपछि, दक्षिण भारतीय फिल्म निर्माताले पनि सिक्वेलको बाटो रोजे । अब ५ ठूला साउथ फिल्मको सिक्वेल आउन लागेको छ ।
जुनियर एनटीआरको ‘देवरा’ पार्ट २
जुनियर एनटीआरको ’देवरा : पार्ट १’ सन् २०२४ मा रिलिज भएको थियो र यसलाई धेरै मन पराइएको थियो । त्यसबेलादेखि दर्शक यसको सिक्वेल अर्थात् दोस्रो भागको प्रतीक्षामा छन् । यसलाई कोरातला शिवाले निर्देशन गरेका थिए । जुनियर एनटीआर बाहेक, ’देवरा : पार्ट १’ मा जान्हवी कपूर, सैफअली खान, प्रकाश राज, श्रीकान्त र शाइन टम चाको मुख्य भूमिकामा थिए । स्याकनिल्कको रिपोर्टअनुसार, पहिलो भागले विश्वव्यापी रूपमा लगभग ३४४ करोड भारु कमाएको थियो ।