Home Main Highlight News बलिउड अभिनेता सञ्जय दत्त नेपालमा
 

बलिउड अभिनेता सञ्जय दत्त नेपालमा

by Parda Sansar
A+A-
Reset

काठमाडौं  बलिउडका दिग्गज अभिनेता सञ्जय दत्त यति बेला आध्यात्मिक र व्यावसायिक भ्रमणको सिलसिलामा नेपालमा आएका छन्। बिहीबार अपराह्न आफ्नै निजी जेटमार्फत दुबईबाट काठमाडौं अवतरण गरेका दत्तले शुक्रवार बिहानै आराध्य देव पशुपतिनाथको मन्दिर पुगेर विशेष पूजाआजा गरेका छन्।

काठमाडौं ओर्लिए लगत्तै साँझ उनले होटेल बाराहीद्वारा सञ्चालित क्यासिनोको औपचारिक उद्घाटन समेत गरे। मनोरञ्जन र व्यापारिक प्रयोजनका लागि नेपाल आउने उनको पुरानो योजना अनुसार नै यो भ्रमण तय भएको बुझिएको छ।

राजनीतिक र व्यक्तिगत सम्बन्धलाई पनि दत्तले उत्तिकै महत्त्व दिएका छन्। बिहीबार साँझ नै उनी नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका थिए। यस भेटले बलिउड र नेपाली राजनीतिक वृत्तबिचको व्यक्तिगत सम्बन्धलाई फेरि एक पटक चर्चामा ल्याइदिएको छ।

संयोगवश, सञ्जय दत्त नेपालमा रहँदा नै उनले अभिनय गरेका दुई ठुला चलचित्रहरू नेपाली हलहरूमा प्रदर्शन भइरहेका छन्। दर्शकमाझ प्रतीक्षित मानिएको चलचित्र ‘द राजा साब’ आजैदेखि प्रदर्शनमा आएको छ भने ‘धुरन्धर’ अझै पनि पर्दामा देखिइरहेको छ। आफ्ना दुई चलचित्रले हलमा व्यापार गरिरहेकै समयमा अभिनेताको स्वयं उपस्थिति हुनुलाई धेरैले फिल्मको प्रचारप्रसारको सुखद संयोगका रूपमा पनि लिएका छन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link