110
बिर्तामोड । नेपाली अभिनेता प्रमोद अग्रहरिले डेब्यू गरेको बंगलादेशी एक्सन फिल्म ‘शार्क’ को धमाकेदार टिजर सार्वजनिक भएको छ । निर्माताले विहिबार बेलुका सामाजिक सञ्जालमार्फत टिजर ल्याएका हुन् ।
१ मिनेटको टिजरमा अग्रहरिलाई प्रस्तुत गरिएको छ । शीर्ष भूमिकामध्येमा देखिएका उनलाई समुन्द्रमा गुण्डाहरूसँग भिडिरहेको दृश्यमा देख्न सकिन्छ । उनको अनुहार पछाडिबाट खिचिएका दृश्यमा अग्रहरिलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।
टिजर हेर्दा प्रमोदको बंगलादेशी फिल्मको डेब्यू धमाकेदार हुने देखिन्छ । फ्यानले यो फिल्मलाई नेपालमा समेत रिलिज गर्न माग गरिरहेका छन् । बंगाली भाषामा ‘हाङ्गोर’ भनिएपनि फिल्मको अंग्रेजी नाम चाहिँ ‘शार्क’ हो । टिजरमा शार्क माछालाई विम्वपरकरुपमा देखाइएको छ ।


