Home Main Highlight News २५ वर्षपछि बन्ने भयो अनिल कपूरकाे चर्चित फिल्म ‘नायक’काे सिक्वेल
   

२५ वर्षपछि बन्ने भयो अनिल कपूरकाे चर्चित फिल्म ‘नायक’काे सिक्वेल

by Parda Sansar
A+A-
Reset

मुम्बई । सन् २००१ मा रिलिज बलिउड क्लासिक फिल्म ‘नायकः द रियल हिरो’ को सिक्वेल बन्ने भएको छ। अभिनेता अनिल कपूरले ‘नायक’ को अधिकार खरिद गरेको रिपोर्टहरू बाहिर आइरहँदा फिल्मको प्रतिलिपि अधिकार राख्ने निर्माता दीपक मुकुटले ‘नायक २’ बन्ने तयारीमा रहेको पुष्टि गरेका हुन्।

मूल रूपमा ए.एम. रथनमद्वारा निर्मित ‘नायक’ को अधिकार पछि निर्माता दीपक मुकुटले राखेका थिए। यसअघि ‘सनम तेरी कसम’ जस्ता फिल्म निर्माण गरेका दीपकले हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै अनिल कपूरसँगै मिलेर फिल्म बनाउन लागेको बताएका हुन्।

उनले भनेका छन्, ‘हो सिक्वेलको काम भइरहेको छ। अनिल कपूरसँगै मिलेर हामी फिल्म बनाउँदैछौं।’ उनले सिक्वेलमा अनिलको अभिनय पनि रहने पुष्टि गरेका छन्। ‘नायक’ मा अनिल कपूर, रानी मुखर्जी, अमरीश पुरी, परेश रावल, जोनी लिभरलगायत कलाकारहरूको अभिनय थियो।

यसमा अनिलले एक साधारण पत्रकारबाट एक दिनका लागि मुख्यमन्त्री बनेका व्यक्तिको भूमिका निर्वाह गर्दा दर्शकहरूको मनमा गहिरो प्रभाव पारेका थिए। एक इमानदार व्यक्ति सत्तामा आए के परिवर्तन सम्भव छ? भन्ने प्रश्न उठाउने फिल्मलाई दर्शकहरूले निकै रूचाएका थिए।

‘नायक’ को निर्देशन एस शंकरले गरेका थिए। यो फिल्म तमिल भाषाको फिल्म ‘मुधलवन’ को रिमेक थियो । २५ वर्षपछि बन्न लागेको ‘नायक २’ बारे भने अहिलेसम्म बाँकी कलाकारहरू, कथासँगै छायांकन र रिलिज तालिकाबारे विवरण सार्वजनिक छैन।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link