61
बिर्तामोड । गायिका मिना राई र गायक निर्वाण निश्चल राईको स्वर रहेको गीत ‘मह भन्दा गुलियो’ दर्शकमाझ आएको छ । डिपी खनालको शब्द, देवेन्द्र बरालको संगीत रहेको गीतमा संगीत संयोजन (एरेन्ज), मिक्सिङ र मास्टरिङ विश्व अधिकारीको छ ।
भिडियोमा चर्चित कलाकार हरिष निरौला ‘कक्रोज’ देखिएका छन् । उनीसँगै तृष्णा बराइली, मनि राई र शशिकला तामाङको पनि अभिनय देख्न सकिन्छ । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् ।
अनिल कोयी राईको सम्पादन रहेको भिडियो अमृत चापागाईंले गरेका हुन् । पूर्वेली भाका र रमाइलो दृश्यका कारण यो भिडियोले छोटो समयमै चर्चा पाउने अपेक्षा गरिएको छ ।
