Home Main Highlight News र्‍यापर बादशाहले गरे पञ्जाबी अभिनेत्री ईशा रिखीसँग दोस्रो बिहे
   

र्‍यापर बादशाहले गरे पञ्जाबी अभिनेत्री ईशा रिखीसँग दोस्रो बिहे

by Parda Sansar
A+A-
Reset

मुम्बई । भारतीय गायक तथा र्‍यापर बादशाहले दोस्रो विवाह गरेको खबरले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। भारतीय संचारमाध्यमका अनुसार उनले पञ्जाबी अभिनेत्री ईशा रिखीसँग गोप्य रूपमा विवाह गरेका हुन्।

यो विवाहको चर्चा त्यसपछि सुरू भयो, जब ईशा रिखीकी आमाले इन्स्टाग्राममा विवाहका तस्बिरहरू सार्वजनिक गरिन्। ती तस्बिरहरूमा दुई जना माला साटासाट गर्दै आगोको अगाडि बसेको देखिन्छ। ईशाले आफ्नो निधारमा सिन्दूर पनि लगाएकी छिन्। बादशाह (वास्तविक नाम आदित्य प्रतीक सिंह सिसोदिया) ले यसअघि सन् २०१२ मा जैस्मिन मसिहसँग विवाह गरेका थिए।

उनीहरूको सन् २०१७ मा एक छोरी जन्मिइन्। बादशाह र जैस्मिनको सन् २०२० मा सम्बन्ध विच्छेद भयो। त्यसको ६ वर्षपछि बादशाहले ईशासँग विवाह गरेका हुन्। ईशा पञ्जाबी फिल्म उद्योगकी अभिनेत्री तथा मोडल हुन्। उनले बलिउड फिल्ममा समेत अभिनय गरेकी छन्।

रिपोर्टका अनुसार बादशाह र ईशाको पहिलो भेट एक पार्टीमा भएको थियो। त्यसपछि उनीहरूबीच सम्बन्ध विकास हुँदै गएको र विगत ४ वर्षदेखि उनीहरू प्रेममा रहेको बताइन्छ। यो जोडीले भने अहिलेसम्म आफ्नो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको देखिँदैन।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link