Home समाचार लभ फरेवरको छायाँकन धमाधम

लभ फरेवरको छायाँकन धमाधम

by Parda Sansar
A+A-
Reset

झापा । अनुग्रह फिल्म्स प्रालिको ब्यानरमा बन्न लागेको सर्ट मुभी ‘लभ फरेवर’को छायाँकन धमाधम भइरहेको छ । कृष्णअष्टमीको अवसर पारेर रोङ-५, इलामस्थित इरौटार आधारभूत विद्यालयबाट चलचित्रको छायांकन सुरु गरिएको थियो ।

राज लावतीको निर्देशनमा बन्न लागेको चलचित्रको परिकल्पना तथा कथा सौरभ तामाङको रहेको छ भने पटकथा तथा संवाद एकराज प्रधानले लेखेका हुन् । चलचित्रमा क्रिएटिभ डिरेक्टसन प्रितम धमला ‘झापाली कान्छो’ले गरिरहेका छन् । त्यस्तै, सिनेमाटोग्राफी सुवास लिम्बूले सम्हालिरहेका छन् ।

शुभमुहूर्त गर्दै निर्देशक लावतीले भने, ‘माया सधैँभरि रहिरहन्छ भन्ने कन्सेप्टमा फिल्म बन्दैछ, जीवनमा प्रेमले कति महत्व राख्छ भन्ने कुरा फिल्ममा हुनेछ ।’

चलचित्रमा मुख्य अभिनय सौरभ तामाङको रहने निर्माण टिमले जनाएको छ । ‘लभ फरेवर’मा प्रताप सुनुवार, सुजन राउत, रमेश तिवारी, नविन अधिकारी, याम खरेल, राजु खरेल, झापाली कान्छो लगायतको अभिनय देख्न सकिनेछ । त्यस्तै बाल कलाकारको रुपमा समता खरेल, रहिम बस्नेत र अमिर लिम्बूको अभिनय रहनेछ । चलचित्रको छायांकन झापा र इलाम गरिने निर्देशक राज लावतीले बताए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link