Home Main Highlight News ‘कमला मिस’काे गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक
 

‘कमला मिस’काे गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । मनोवैज्ञानिक कथामा आधारित नयाँ नेपाली चलचित्र ‘कमला मिस’ यही साउन २२ गते देखि प्रदर्शनमा आउँदैछ। रिलिज मिति नजिकिँदै गर्दा यसको ‘तिमी मेरो संजीवनी’ बोलको गीत दर्शकमाझ आएको छ। वरिष्ठ चलचित्रकर्मी निर शाहको निर्देशन रहेको यो प्रोजेक्ट साहित्यकार तथा नाटककार विजय मल्लको प्रख्यात नाटक ‘कोही किन बर्बाद होस्’ मा आधारित छ ।

युग भुसालको शब्द र संगीत रहेको सार्वजनिक गीतमा रुबाई र सरोदी कुमारले स्वर भरेका छन्। विजय मल्ल स्मृति प्रतिष्ठानको पहलमा मल्ल परिवारले निर्माण गरेको यस चलचित्र निर्देशक शाहसहित रमेश बुढाथोकी, वासना तिमिल्सिना लगायतको अभिनय रहेको छ। विजय मल्लकै मूल कथालाई निर शाह, प्रजल दुलाल र सुगम दुलालले पटकथा र संवादको रूप दिएका छन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link