Home Main Highlight News फिल्म ‘एक्का तीन’मा पूजा शर्मा र पुष्प खड्का पछि भित्रिइन् अभिनेत्री कविता नेपाली
 

फिल्म ‘एक्का तीन’मा पूजा शर्मा र पुष्प खड्का पछि भित्रिइन् अभिनेत्री कविता नेपाली

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । ‘दान्भी’ निर्देशक रुपेश तामाङको नयाँ फिल्म ‘एक्का तीन’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । पूजा शर्मा र पुष्प खड्का अनुबन्धित भइसकेको यस फिल्ममा अब अभिनेत्री कविता नेपाली भित्रिएकी छन् । उनीसँग निर्देशक तामाङले लिखित सम्झौता गरेका हुन् । सोमबार उनको जन्मदिन पनि परेको थियो ।

निर्देशक तामाङले ‘एक्का तीन’ एक्सन जनरामा बन्ने भएकाले कविताको एक्सन पनि दर्शकले रुचाएका कारण फिल्ममा अनुबन्धित गरिएको जानकारी दिए । उनका अनुसार फिल्ममा कविता एक्सन भूमिकामा देखिनेछिन् । फिल्ममा पूजा र कविताबीच कडा टक्कर हुने उनको भनाइ छ । दुवैले फिल्मका लागि एक्सनको तालिम समेत लिने उनले बताए ।

तीन पात्रको कथामा बन्न लागेको यो फिल्म जुना फिल्म्स र अधिरा फिल्म्सको ब्यानरमा निर्माण हुनेछ । फिल्मको पटकथा तथा संवाद सुमन गजमेरले तयार पारेका छन् । उनले यसअघि ‘रंगी’ लेखेका थिए । आगामी भदौबाट छायांकनमा जाने यो फिल्मको दोस्रो श्रृंखला निर्माण गर्ने योजना पनि निर्माण पक्षले बनाएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link