Home Main Highlight News सिआईबीको डबिङ धमाधम, रिलिज असोजमा

सिआईबीको डबिङ धमाधम, रिलिज असोजमा

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । रोहन राईको लेखन तथा निर्देशनमा बनिरहेको चलचित्र सिआईबी अर्थात् क्राइम इन बिर्तामोडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मको छायांकन सकिएर डबिङको काम धमाधम भइरहेको छ ।

चलचित्र निर्माता तथा कलाकार राजन थापाका अनुसार सिआईबीको प्रिमियर शो असोज ४ गते बिर्तामोडस्थित एमिटी कलेज गरिने भएको छ । डबिङको काम धमाधम भइरहेको बताउँदै उनले फिल्म एक्सन-कमेडीको कम्बिनेसन रहेको बताए ।

सिआईबीले विशेष गरी लागुपदार्थको दुर्व्यसन र कारोबारीहरु कसरी बढिरहेका छन् अनि न्यूनीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयवस्तु उठाउने थापाले बताए । कम बजेटमा भए पनि आफूहरुको टिमले निक्कै मेहनतका साथ काम गरिरहेको निर्देशक रोहन राई बताउँछन् ।

बिबि इन्टरटेन्मेन्टको ब्यानरमा बनिरहेको चलचित्रमा नायकका रुपमा नवीन रिमाल र नायिकाका रुपमा अनिसा न्यौपाने रहनेछन् । त्यस्तै फिल्मको मुख्य भूमिकामा राजन थापा, अनिल पुमा राई, केशव पन्त अनमोल, राजु गौतम, सुदीपबाबु खवास, विमल राई, दिपेश शिवाकोटी, तीर्थ सिग्देल, सुरेन्द्र भण्डारी, चन्द्रकान्त ढकाल, बबिता केसी, विजय राई, विकास उप्रेती, दिवस थापा, नेवार्नी मैचा लगायतलाई देख्न सकिनेछ ।

फिल्ममा एसिस्टेन्ट डिरेक्टरका रुपमा विमल राई, देवानन्द राजवंशी रहेका छन् । सन्तोष रानामगरको सिनेमाटोग्राफी र सम्पादन रहने फिल्ममा एक्सन डिरेक्सन सुदीपबाबु खवासले गरेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link