Home ठूलो पर्दा ‘डिएनए’को फस्ट लुक पोस्टर रिलिज

‘डिएनए’को फस्ट लुक पोस्टर रिलिज

by Parda Sansar
A+A-
Reset

झापा  । केहि दिन अघि मात्र निर्माण घोषणा गरिएको फिल्म ‘डिएनए’को फस्ट लुक पोस्टर रिलिज गरिएको छ। पोस्टरमा नव नायक सुधन पोखरेल फिचर्ड छन। रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा सुधनले प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्। सुधनले यहि फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्न लागेका हुन्।

नेपाली पौराणिक एक्सन थ्रिलर जनरामा बन्ने फिल्मको छायाङ्कन फाल्गुनबाट सुरु गर्ने निर्माण टिमको योजना रहेको छ। फिल्मलाई चानस पुन मगरले निर्देशन गर्ने भएका छन भने कुमार भास्करले निर्माण गर्न लागेका हुन् ।

फोनिक फ्लिकको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ। फिल्म पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुनेछ, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने निर्देशक चानस पुन मगरले जानकारी दिए। फिल्मको टिजर पनि छिट्टैनै रिलिज गर्ने निर्माण टिमले जनाएको छ।

फिल्ममा राजु तामाङको एक्सन निर्देशन रहनेछ। सुशान्त केसी र प्रशान्त योगीले छायाङ्कन गर्नेछन् भने सहायक छायाकार यज्ञलाल ज्ञवाली हुन् । मानस्वी मालाकारको सङ्गीत, चिरायु पौडेलको मुख्य सहायक निर्देशन, गणेश क्षेत्रीको सम्पादन, बर्षा क्षेत्रीको कस्ट्युम डिजाइन, सुदीप पाण्डेको रङ्ग संयोजन, सुदिल धितालको साउन्ड डिजाइन तथा ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहनेछ।

फिल्ममा एसोसियट निर्माता आशिष पुडासैनी र कार्यकारी निर्माता बिकाश भण्डारी रहनेछन ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link