झापा । असोज ३ अर्थात् भोली बिहीबारबाट प्रदर्शनमा आउने रहेको चलचित्र ’खुस्मा’ को मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । चलचित्रको भव्य प्रिमियर शोमा सशस्त्र द्धन्द्वकालको कथामा निर्माण भएको चलचित्र हेर्न राजनिज्ञ, सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछनाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्धाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्धय सलिनमान बनियाँ र आर्शिवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर तथा रुकुमका स्थानिय बासिन्दा पनि सिनेमा हेर्न हल पुगेका थिए ।
सिनेमा हेरेर हलबाट निस्कदै गर्दा सवैले सिनेमा उत्कृष्ट बनेको भन्दै निर्देशक अशोक थापा मगर निर्देशकिय पक्ष तथा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गरेका थिए । चलचित्रका मगर्ने हरेक कलाकारले उत्कृष्ट काम गरेको उपस्थित पाहुनाहरुको भनाई थियो । प्रिमियर शोमा सिनेमा हेरेका अधिकांशले सिनेमाको कथालाई माओवादी द्धन्द्वको असर भोग्ने सवैले आफैलाई परेको महसुस गर्ने अनुभव सुनाए ।
‘एक जना सामान्य मान्छेको जीवनमा राज्य पक्ष र विद्रोही पक्षबाट केकति असर पर्यो भन्ने कुरा स्पष्ट रुपमा देखाउनु भएको छ । चलचित्र हेरिरहँदा यो सिन पशचात यो सिन आउला भन्ने कल्पनासम्म गर्न सक्नुहुन्न । लाकुरीको रुख र गिद्ध उडेको लगायत विभिन्न दृश्यबाट सिनेमाको सरल सवैले देखे भोगेको कुरालाई चलचित्रमा प्रस्तुत गरिएको छ । सांसद शाहीले भने’, निर्देशक निश्चल बस्नेतले खुस्माबाट निर्देशक अशोक थापा मगरले जे चिज भन्न खोज्नु भएको थियो, त्यसलाई मज्जाले प्रस्तुत गर्नु भएको छ । उहाँ आफैले चलचित्र लेख्नु पनि भएको छ । सम्पादन पनि आफै गर्नु भएको छ त्यसैले पनि सिनेमा निर्देशक ज्युले आफूले चाहेको जस्तो बनाउन सक्नु भएको होला ।
कलाकारमा उपसनाको काम अत्यन्तै राम्रो छ । त्यससँगै धिरजले पनि अभिनयमा आफुलाई अब्बल साबित गरेका छन् । अन्य कलाकारहरुले पनि निकै राम्रो काम गरेकाले खुस्मा एकपटक सवैले हेर्नै पर्ने सिनेमा बनेको छ । चलचित्र भोलिबाट प्रदर्शनमा आउँदैछ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।