इटहरी । पहिलो ‘मिसेस पूर्वेली आइकन २०२४’ को ताज इटहरीकी रेनुका श्रेष्ठले पहिरिएकी छन् । इटहरीको लायन्स क्लबमा शनिबार सम्पन्न ग्राण्ड फिनालेमा विजेता बनेसँगै उनले उपाधिसँगै ट्रफी, क्राउन र नगद ५० हजार रुपैयाँ प्राप्त गरेकी छन् ।
कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न ग्राण्ड फिनालेमा झापाकी मुना बजगाई फर्स्ट रनरअप र धनकुटाकी दिपिका भट्टराई सेकेन्ड रनरअप बन्न सफल भएका छन् ।
विजेता श्रेष्ठले पब्लिक च्वाईस अवार्ड, श्रेष्ठले मिसेस इन्टेलेक्च्युअल सबटाइटल र भट्टराईले मिसेस पर्सनालिटीको सबटाइटल समेत हात पारेका छन् ।
त्यस्तै सुनसरी सदरमुकाम इनरुवाकी रुबिना श्रेष्ठले अर्गनाइजर च्वाइस अवार्ड जित्न सफल भइन् । उनले ट्रफी, क्राउनसहित इटहरीको फुडसालाबाट १० हजार रुपैयाँको फुड भौचर समेत जितेकी छन् । त्यस्तै, ब्युटी विथ अ पर्पस र मिसेस फ्रेन्डसिपको सबटाइटल समेत उनले हात पारिन् ।
यसैगरी सुस्मा बिस्टले मिसेस फोटोजेनिकको सबटाइटल र सुनिता पुरीले मिसेस ट्यालेन्ट र बेस्ट वाल्कको उपाधि प्राप्त गरेकी छन् । ग्राण्ड फिनालेबाट जिकिसा सापकोटाले मिसेस कन्फिडेन्ट र रेस्मा लिम्बूले मिसेस ग्लामरको सबटाइटल जितिन् ।
प्रतियोगिताको निर्णायक मण्डलमा जय राज रोय, मेरिना लिम्बू, कन्चन झा र नवनित राज प्रधान रहेका थिए । ग्राण्ड फिनाले कार्यक्रमको संचालन सजिना श्रेष्ठले गरेकी थिइन् भने प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर शुभेक्षा कार्की, मिडिया कोअर्डिनेटरमा सुवास संकल्प श्रेष्ठ, फोटो तथा भिडियोमा रिकेश ब्रजाचार्य र मेकअपमा उर्बि श्रेष्ठ रहेका थिए ।