Home Main Highlight News अटो–अटोमा ‘केटी हराएको सूचना’, हलमा कात्तिक ३० गते

अटो–अटोमा ‘केटी हराएको सूचना’, हलमा कात्तिक ३० गते

by Parda Sansar
A+A-
Reset

काठमाडौं । यही कार्तिक ३० गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को उपत्यकाबाहिर प्रचार–प्रसार प्रारम्भ भएको छ । देशका प्रमुख सहरका करिब ६ सय वटा अटोमा फिल्मका अभिनेता नाजिर हुसेन तथा अभिनेत्री सृष्टि श्रेष्ठ अंकित पोस्टर टाँसेर प्रचार–प्रसारको थालनी गरिएको हो ।

निर्माण पक्षका अनुसार दाङ, धनगढी, नेपालगञ्ज, जनकपुर, चितवन, हेटौडा, वीरगञ्ज, विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोडजस्ता देशका प्रमुख सहरमा फिल्मको अटो प्रमोसन प्रारम्भ गरिएको छ । स्थानीय दर्शकमाझ अटो नियमित पुगिरहने भएर अटोको माध्यमबाट प्रचार–प्रसार गरिएको निर्माण पक्षले जनाएको छ ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ । फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।

फिल्मको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link