32
काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा बनेको बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । काठमाडौंसहित मोफसलका मल्टिप्लेक्सले फिल्मलाई सुरुवाती चरणमा देशभर १०४ शो उपलब्ध गराएका छन् ।
वितरक गोविन्द शाहीका अनुसार आज साँझसम्म फिल्मले देशभर १५० भन्दा बढी शो पाउने अपेक्षा गरिएको छ । एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधको कथा समेटिएको फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, प्रकाश शाहलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मले चलचित्र जाँच समितिबाट ‘पीजी’ सर्टिफिकेट प्राप्त गरेको छ । यससँगै १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा फिल्म हेर्नुपर्नेछ । फिल्मको निर्देशन विराज भट्टले गरेका हुन् भने कथा तथा पटकथा सन्तोष सरकारको रहेको छ ।


