Home Main Highlight News पूर्णबहादुरको सारङ्गीको एड्भान्स बुकिङ खुल्यो, कुन हलमा कति पायो शो ?

पूर्णबहादुरको सारङ्गीको एड्भान्स बुकिङ खुल्यो, कुन हलमा कति पायो शो ?

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को अग्रिम टिकट बिक्री खुला भएको छ ।
लक्ष्मी पूजाको अवसर पारेर बिहीबार (भोली) देखि प्रदर्शनमा आउने फिल्मको देशैभरका प्रमुख मल्टिप्लेक्स हलहरुले अग्रिम टिकट बिक्री खुला गरेका हुन् ।

देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्स चेनले काठमाडौं उपत्यकाभित्र यो फिल्मलाई पहिलो दिनका लागि १९ शो उपलब्ध गराएको छ ।
काठमाडौंबाहिर २१ शो दिइएको छ । बिर्तामोडमा क्युएफएक्स सिनेमाले ११:३० बजे र बेलुकी ५:१५ बजेको शो राखेको छ भने पाथिभरा सिनेप्लाजामा ११:३० र २:३० बजेको शो पूर्णबहादुरको सारङ्गीका लागि उपलब्ध गराएको छ । त्यस्तै दमकको डिम्याक्स सिनेमाले १२ बजे र बेलुकी ७:१५ बजेको शो उपलब्ध गराएको छ ।

यस्तै,आईएनआई सिनेमाज, बिग मुभिज, वान सिनेमाज्, एफक्युबलगायत काठमाडौंका अन्य प्रमुख मल्टिप्लेक्सहरूबाट यो फिल्मलाई उच्च शो दिएका छन् । आईएनआई सिनेमाजले ९ शो दिएको छ । त्यस्तै बिग मुभिज र एफक्युब सिनेमाजले फिल्मलाई ३-३ शो उपलब्ध गराएका छन् सीडीसी सिनेमाजले ५ शो दिएको छ । कतिपय हलले बुकिङ खुलाउने तयारी गरेका छन् ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link