Home Main Highlight News ‘पूर्ण बहादुरको सारङ्गी’ सुपरहिट

‘पूर्ण बहादुरको सारङ्गी’ सुपरहिट

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । प्रदर्शनरत फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ लाई देशकै ठुलो मल्टिप्लेक्स हल क्यूएफएक्स सिनेमाजले सुपरहिटको ट्याग दिएको छ।

क्यूएफएक्सले आफ्नो हलमा राम्रो कमाइ गरेवापत प्रदर्शनको छैटौं दिन मंगलबार (आज) हलको वेबसाइडमार्फत सुपरहिटको ट्याग दिएको हो।

फिल्ममा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका पूर्ण बहादुरको कथा प्रस्तुत गरिएको छ।  अधिंकाश हलमा फिल्मकाे साे पनि हाउसफूल भइरहेकाे छ। महेश दवाडीको पटकथा र संवाद रहेको फिल्मका निर्देशक सरोज पौडेल हुन्।

फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुषाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बाँस्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेललगायत कलाकारको अभिनय छ।

योसँगै कात्तिक १५ देखि प्रदर्शन भएको हिन्दी फिल्म ‘सिंगम अगेन’ ले पनि क्यूएफएक्सबाट सुपरहिटको ट्याग पाएको छ।

गत महिना दसैँमा प्रदर्शन भएको तीन फिल्ममध्ये ‘छक्कापञ्जा ५’ र १२ गाउँ’ लाई पनि प्रदर्शनको एक सातामै क्यूएफएक्सले सुपरहिटको ट्याग दिएको थियो।

क्यूएफएक्सले पछिल्लो समय पहिलो साताको कमाइअनुसार फिल्मलाई सुपरहिटको ट्याग दिँदै आएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link