35
भारतीय सिनेमा ‘पुष्पा २’ थ्रीडीमा रिलिज नभएपछि हलहरूले दर्शकको पैसा फिर्ता गर्न थालेका छन् । टुडी रिलिज भएपछि हलहरूले थ्रीडीका लागि लिएको पैसा फिर्ता गर्न थालेका छन् ।
प्रत्येक हलले बक्सअफिसमा दर्शकलाई ५० रुपैयाँ फिर्ता गरिरहेका छन् । अग्रिम टिकट काटेका दर्शकले थ्रीडीका लागि पैसा तिरेका थिए । तर टुडीमात्रै रिलिज भएपछि हलले दर्शकसँग थिएको थप ५० रुपैयाँ फिर्ता गरेका हुन् ।
‘पुष्पा २’ आजबाट रिलिज भएको छ । देशभरका हलका अधिकांश शो यो सिनेमाले पाएको छ ।
‘पुष्पा–२’ मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् ।
सुकुमार बान्द्रेडीको निर्देशन रहेको सिनेमामा कथा पनि निर्देशकले ने लेखेका छन् ।