Home Main Highlight News आजबाट ‘कार्साङ’ प्रदर्शनमा

आजबाट ‘कार्साङ’ प्रदर्शनमा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । देशभरका सिनेमाघरमा आजदेखि चलचित्र ‘कार्साङ’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘कार्साङ’ प्रदर्शनमा आएको हो । देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई ५३ शो दिएको छ । काठमाडौंभित्रका आउटलेटमा २१ र बाहिर ३२ शो दिएको हो ।

आईएनआई सिनेमाजले १३ शो दिएको छ । एफक्युब सिनेमाजले सात शो दिएको छ । अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुला गरेका छन् । शेर्पा समुदायको कथावस्तुमा आधारित चलचित्र ‘कार्साङ’ यम शेर्पाले लेखन तथा निर्देशन गर्नुभएको छ । चलचित्रमा दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङ्लेखु, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारको अभिनय छ । छायांकारसमेत रहनुभएका पुरुषोत्तम प्रधान फिल्मको निर्माता हुनुहुन्छ । आङछिरिङ शेर्पा प्रस्तुतकर्ता हुनुहुन्छ । दुई घण्टा पाँच मिनेटको ‘कार्साङ’ ले सांस्कृतिक पृष्ठभूमिमा पारिवारिक सम्बन्धको कथा भन्छ ।

यो चलचित्रको बुधबार काठमाडौंमा प्रिमियर गरिएको थियो । बुधबार साँझ बिग मुभिजमा चलचित्रकर्मी तथा रंग पत्रकार माझ फिल्मको प्रिमियर गरिएको थियो । प्रिमियरमा उपस्थित कलाकर्मीले ‘कार्साङ’ लाई हेर्नै पर्ने मौलिक फिल्मको रूपमा चर्चा गरेका थिए । शेर्पा समुदायको मौलिक कथा भन्ने चलचित्रले उनीहरूको संस्कार र संस्कृति देखाउन नचुकेको कलाकारहरूको धारणा रहेको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, वितरक, निर्माता तथा निर्देशक अशोक शर्मा, वसन्त निरौला, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, हास्य कलाकार किरण केसी (रातामकै), कवि विप्लव प्रतीक, कलाकार अनुप बराल, मनिष राउत, गायक कमल खत्री, मेलिना मैनालीलगायत कलाकर्मी फिल्म हेर्न प्रिमियरमा पुग्नुभएको थियो । प्रिमियरमा शेर्पा समुदायको बस्तीमा पुगेको झल्को दिन्थ्यो फिल्मले । शेर्पा समुदायको नृत्यसँगै गुम्बा झैँ धजापताकाले सजाइएको फिल्म हलको वेटिङ कक्षले भिन्न माहौल तयार पारेको थियो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link