Home ठूलो पर्दा नरसिंहा : राज र सनिषाको प्रेमिल पोस्ट सार्वजनिक

नरसिंहा : राज र सनिषाको प्रेमिल पोस्ट सार्वजनिक

by Parda Sansar
A+A-
Reset

इटहरी । लभ र एक्सन कथा लिएर प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहा : अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पर्दामा नयाँ जोडीका रुपमा देखिन लागेका अभिनेता राज कटुवाल र अभिनेत्री सनिषा भट्टराईको प्रेम सम्बन्ध देख्न सकिन्छ ।

आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘नरसिंहा: अवतार’मा राज र सनिषा मुख्य जोडीको रुपमा प्रस्तुत भएका छन् । एक्सनमा पकड बनाउँदै उनले राजेश हमालजस्ता दिग्गज कलाकारसँग स्क्रिन सेयर गर्दैछन् ।

‘१२ गाउँ’बाट सकारात्मक प्रतिक्रिया बटुलेकी सनिषा भट्टराईलाई पुन: एकपटक पर्दामा देख्न पाइने भएको छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको लगानी छ । फिल्ममा राजेश हमाल, सरोज खनाल, निर शाह, नीति शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन् भने छायांकन राजु विक्रम थापा, कथा चन्द्र पन्त, कोरियोग्राफी कविराज गहतराज र माइकल चन्द, एक्सन राजु लामा, सम्पादन मिलन श्रेष्ठ र साहिल खान, संगीत शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको रहेको छ । करण सिंह प्रोडक्सन डिजाइनर र वसन्त अधिकारी एसोसियट निर्देशकको भूमिकामा छन् । पहिलो पोष्टर सार्वजनिकमै चर्चा कमाएको ‘नरसिंहा: अवतार’ले हालै सार्वजनिक पोस्टरमार्फत फिल्म एक्सन, प्रेम र रहस्यात्मक कथा बोकेको संकेत दिएको छ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link