Home Main Highlight News लाज शरणम्ले बनायो इतिहास : ५१ दिन मनाउन सफल

लाज शरणम्ले बनायो इतिहास : ५१ दिन मनाउन सफल

by Parda Sansar
A+A-
Reset

काठमाडौं । शिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाउने चलचित्रको इतिहास राख्न सफल भएको छ ।

‘लाज शरणम्’ले उच्च शोसहित प्रदर्शन सुरु गरेको थियो । अहिले पनि उपलब्ध शो मा दर्शकको अकुपेन्सी राम्रो रहँदै आएको छ ।
‘लाज शरणम्’ले काठमाडौं उपत्यकाका क्यूएफएक्स, आईएनआई सिनेमाज, एफक्यूब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज र मोफसलमा झापाको बिर्तामोडमा रहेको क्यूएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आईएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।

पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको ‘लाज शरणम्’ले हालसम्म ५ करोड रुपैयाँ ग्रसकलेक्सन गरिसकेको निर्माता श्रेष्ठले जानकारी दिए ।

५१ औँ दिन पुगेको अवसरमा लाज शरणमको टिमले सम्पूर्ण दर्शक र चलचित्र निर्माणका यात्रामा रहने सबैलाई धन्यवाद दिएको छ । फेसबुकमा पोस्ट गरिएको स्टाटसमा लेखिएको छ – आमदर्शकबाट प्राप्त आत्मीय र भरोसा योग्य साथ हाम्रो सफल यात्राको मानक हो । दर्शकहरुबाट चलचित्र ठिक छ भन्ने प्रतिक्रिया नआएसम्म हामीले जतिसुकै राम्रो काम गरेका छौँ भने पनि त्यो सावित हुने थिएन । यसकारण दर्शकको साथ केवल साथ मात्र होइन । दिशा निर्धारण गर्न रणनीति बनाउने आधार पनि हो । नेपाली चलचित्रको बजारलाई बचाउने अभियान पनि हो । यसबाट हाम्रो चलचित्रले प्रतिष्ठा प्राप्त गर्न सकेको छ । यसप्रति आमदर्शकप्रतिको ऋणलाई दायित्व ठानेका छौँ । यसलाई आगामी सिर्जनाको उत्कृष्टताबाट तिर्ने प्रयास गर्नेछौँ ।

चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । सिताराम कट्टेलले निर्वाह गरेको व्यापारीको भूमिका र महेश त्रिपाठीको अभिनयले चलचित्र क्षेत्रमा निक्कै प्रशंसा बटुलेको छ । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

लालची व्यापारी, सुनको धन्दा, नेतृत्व गर्नेहरुको हरकत र कर्णालीको कथाव्यथा प्रस्तुत गरेको चलचित्र ‘लाज शरणम’लाई सुदीप बरालले छायांकन गरेका हुन् । चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link