133
बिर्तामोड । झापाको बिर्तामोडमा दिनदहाडैघरको ढोका फोडेर २९ लाख बराबरको धनमाल चोरी भएको छ । सोमबार दिउँसो बिर्तामोड नगरपालिका-४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरमा कोही नभएको बेला दुईतले घरको पहिलो तलाको मूल ढोकाको चाबी फुटाई चोरी भएको हो ।
दराजमा रहेको नगद ७० हजार , सुनको ढिक अन्दाजी ५ तोला, सुनको हातमा लगाउने ब्रासलेट १ थान, सुनको सिक्री २ थान गरी जम्मा ५ तोला, औँठी २ थान, चन्द्रमा ४ आनी, सुनको हार ५ तोला ४ आनी गरी जम्मा सुन १५ तोला ४ आनीसहित अन्दाजी २९ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।