इटहरी । कोशी प्रदेशमै पहिलो पटक सौन्दर्यकर्मी महिलाहरूबीच आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘द फेस अफ ब्युटिसियन २०२६’ को पहिलो संस्करणको उपाधि बसन्ती गुरुङले जितेकी छन्।
इटहरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा प्रदेशका विभिन्न जिल्लाबाट आएका १९ जना प्रतियोगीलाई पछि पार्दै बसन्तीले मुख्य उपाधिसहित एक लाख रुपैयाँ बराबरको पुरस्कार, क्राउन, ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरिन्। प्रतियोगितामा सुनिता मिश्रा फर्स्ट रनरअप तथा लक्ष्मी मगर सेकेन्ड रनरअप घोषित भए। यस्तै, अस्मिता मगरले ‘भोटिङ स्टार’ र शिखा श्रेष्ठले ‘पब्लिक च्वाइस’को उपाधि हात पारे।
मिस नेपाल २०२० तथा अभिनेत्री नम्रता श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको निर्णायक मण्डलमा ‘म्यान अफ द वर्ल्ड २०२५’ का विजेता प्रकाश चौहान, मेरिना तुम्सा लिम्बू, सुमित्रा खवास र स्मित कार्की रहेका थिए।
विभिन्न विधाका विजेताहरूमा जिना श्रेष्ठले ‘बेस्ट पर्सनालिटी’, विमु कार्कीले ‘मोस्ट कन्फिडेन्ट’, अस्मिता मगरले ‘मोस्ट इन्टेलेक्चुअल’, पुनम चौधरीले ‘मोस्ट डिसिप्लिन्ड’, लक्ष्मी मगरले ‘मोस्ट एक्टिभ’, निस्मा कडेलले ‘मोस्ट पन्चुअल’, रियुना खत्रीले ‘मोस्ट डेडिकेटेड’ तथा सुस्मिता मगरले ‘बेस्ट मोडल’को उपाधि प्राप्त गरे । त्यस्तै, बसन्ती गुरुङले ‘मोस्ट फ्रेन्ड्ली’, रिंकु शाहले ‘क्विक लर्नर’, मेनुका मगरले ‘मोस्ट चार्मिङ’ र ‘मोस्ट ट्यालेन्टेड’, सोनिया तामाङले ‘मोस्ट स्टाइलिस’, सुनिता मिश्राले ‘मोस्ट फोकस्ड’, सुस्मा चौधरीले ‘मोस्ट फ्ललेस’, गंगा खवासले ‘बेस्ट स्माइल’ तथा लक्ष्मी पण्डितले ‘मोस्ट इनर्जेटिक’को उपाधि जिते ।

यसैगरी, बसन्ती गुरुङ र अस्मिता मगरले संयुक्त रूपमा ‘फेस अफ मिडिया’को उपाधि प्राप्त गरे भने शिखा श्रेष्ठले ‘बेस्ट पर्फर्मर’, केशिका ढकालले ‘मोस्ट ग्रेसफुल’, अस्मिता चौधरीले ‘मोस्ट प्रोमिसिङ’ र ‘बेस्ट वाक’ तथा रियुना खत्रीले ‘बेस्ट फोटोजेनिक’को उपाधि हात पारिन् ।
कुजू मोटर्स प्रालिको आयोजना तथा सुजुकीको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताले सौन्दर्यकर्मी महिलाहरूको व्यावसायिक दक्षता, बौद्धिकता, आत्मविश्वास र प्रतिभालाई उजागर गर्न महत्त्वपूर्ण मञ्च प्रदान गरेको आयोजकले जनाएको छ। विभिन्न विधागत उपाधिसहित राति १० बजे सम्पन्न फिनालेको कोरियोग्राफी उमेश खड्काले गरेका थिए।
कार्यक्रमका आयोजक प्रमुख अमित राजवंशी, सीईओ तथा इभेन्ट डाइरेक्टर उर्मिला दर्लामी मगर, अफिसियल कोरियोग्राफर उमेश खड्का, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ, अफिसियल मेकअप आर्टिस्ट मन्नु श्रेष्ठ, ड्रेस डिजाइनर निधि बुटिक तथा अफिसियल फोटोग्राफी परिकला फोटोग्राफीले सम्हालेका थिए ।


