Home Main Highlight News बैशाखमा १८ फिल्मले लिए निर्माण इजाजत

बैशाखमा १८ फिल्मले लिए निर्माण इजाजत

by Parda Sansar
A+A-
Reset

काठमाडौं । २०८२ सालको पहिलो महिना बैशाखमा १८ फिल्मले निर्माण इजाजत लिएका छन् । यसरी निर्माण अनुमति पाउने निर्मातामा कुनै चर्चित छन् भने कोही नयाँ छन् ।

अघिल्लो वर्षको हिट ‘होस्टेल ३’का निर्देशक सशान कँडेलले नयाँ फिल्म ‘जेनेरेसन : बाउ भर्सेस छोरा’को लागि निर्माण अनुमति लिएका छन् । कँडेलले नै निर्देशन गर्ने यो फिल्मको कलाकारमा पदम तामाङ र सन्तोष बानियाँ तय छन् ।

‘ह्रस्व दीर्घ’ फेम्ड निर्देशक चन्द्र पन्तले दुई नयाँ फिल्मको लागि निर्माण इजाजत लिएका छन् । ‘गुरु’ र ‘आ बाट आमा’ निर्माण गर्ने उनको तयारी छ ।

‘आ बाट आमा’मा क्रिस्मत सिंह र विपना थापालाई कलाकारको रुपमा चिनाइएको छ ।

खड्क बोहराले निर्देशत गर्ने फिल्म ‘कस्तुरी’मा वर्षा सिवाकोटी तय छिन् । धीरज अग्रवालले निर्माण गर्ने यो फिल्मले पनि बैशाखमा निर्माण इजाजत लिएको छ ।

सेभेन सिजन सिनेमाज प्रालिका विनोद पौडेलले आफ्नो निर्देशन र निर्माणमा फिल्म ‘दुई किनारा’को लागि निर्माण इजाजत लिएका छन् । उदय सुब्बाले फिल्म ‘तिमी नै’ बनाउँदैछन् ।

अर्पण थापा र सृष्टि श्रेष्ठलाई लिएर बलिराम महतोले फिल्म ‘द ब्लु लाइट’ बनाउने भएका छन् ।

एभरेस्ट सूर्य बोहराले ‘गुड लक भैरे’ निर्देशन र निर्माणको लागि इजाजत लिएका छन् । पाका कलाकार शिव श्रेष्ठले फिल्म ‘सिद्धार्थ’ निर्देशन गर्ने भएका छन् । बुद्ध हुनुअघिको कथा समेटिने यो फिल्मको कलाकारमा शिव श्रेष्ठ स्वयम र आङदावा शेर्पा निश्चित छन् ।

ऋषि लामिछानेले निर्देशन गर्ने नयाँ फिल्म ‘लेखान्त’ले पनि निर्माण इजाजत लिएको छ । यो फिल्ममा स्मारिका ढकाल, सरोज खनाल लगायतका कलाकार तय छन् ।

अञ्जसा रिजाल र शान्तिदूत पाण्डेलाई लिएर सुरज कटुवालले ‘काठमाण्डू कोरिडोर’ फिल्म बनाउँदैछन् । रिजालले अर्जुन कुमारले निर्माण गरेको फिल्म ‘सानो संसार’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link