Home Main Highlight News चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित

चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित

by Parda Sansar
A+A-
Reset

झापा । निर्माण टिमले बुधबार एक विज्ञप्ति जारी गर्दै बहुप्रतिक्षित चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित भएको जनाएको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदाको अवसर पारेर रिलिज हुन लागेको ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको हो ।

क्लक वर्क क्रियसन्स प्रालिको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै निर्माता हिमाल कडरियाले उल्लेख गरेका छन् – ‘पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै जेठ १५ गतेको लागि तय गरिएको चलचित्र महाभोजको प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशहरुमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ ।’

विज्ञप्तिमा दर्शकको सुरक्षालाई प्राथमिकता दिँदै प्रदर्शन सारिएको जनाइएको छ । दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखनमा बनेको चलचित्र ‘महाभोज’मा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको छ । चलचित्रमा सहकारी संस्था सम्बन्धी एउटा गम्भीर सामाजिक विषयलाई उठान गरिएको छ ।

हाल चलचित्र हलहरुमा उनको स्वीटर र नसिंहा अवतार प्रदर्शनरत छ । उनको स्वीटरले अझै दर्शकको राम्रो साथ पाइरहेको छ भने नरसिंहाले भर्खर ‘पिकअप’ लिँदै गरेको अवस्था छ । निर्माण टिमले आन्दोलनलाई कारण बनाए पनि यी दुई फिल्मसँग प्रतिस्पर्धा गर्न नचाहेर पनि चलचित्र स्थगित भएको हुनसक्ने आमबुझाइ छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link