Home Main Highlight News ‘माइतीघर’मा यस्तो देखिँदैछन् अभिनेता धीरज मगर

‘माइतीघर’मा यस्तो देखिँदैछन् अभिनेता धीरज मगर

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । दसैँको फूलपातिलाई रिलिज डेट तोकिएको चलचित्र ‘माइतीघर’का मुख्य कलाकार धीरज मगरको लुक्स सार्वजनिक भएको छ । तस्बिरमा अभिनेता धीरज मगर मोटरसाइकल चलाउँदै छन् भने उनको अनुहारमा पीडामिश्रित आक्रोशको देख्न सकिन्छ । मोटरसाइकलमा धीरजको पछाडि केदार घिमिरे माग्ने बुढा बसको छन् ।

यसअघि माग्ने बुढाको विभिन्न २ ओटा लुक्स सार्वजनिक भएको थियो । यो तस्वीरमा पनि उनको अलग्गै रुप देखिएको छ । हाल सार्वजनिक तस्विर चलचित्रको क्लाइमेक्स हुन सक्ने अनुमान गरिएको छ । फिल्ममा धीरज मगर, केदारप्रसाद घिमिरेसँगै प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ ।
मिलन तामाङले निर्देशन गरिरहेको यस फिल्मको छायांकनको काम अन्तिम चरणमा पुगेको निर्माण टिमले जनाएको छ । छायाँकारमा सुसन प्रजापति रहेका छन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको ‘माइतीघर’मा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ निर्माताका रूपमा छन् ।

संगीततर्फ बलिउडकी प्रख्यात गायिका संजीवनीले फिल्मको शीर्ष गीतमा आवाज दिएकी छिन् । यो गीत नेपाली फिल्मकै इतिहासमा सफल मानिएको पुरानो ‘माइतीघर’ फिल्मको कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ…’ को नयाँ संस्करण हो । सो गीतमा जयदेवको संगीत, किरण खरेलको शब्द र रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ । पारिवारिक सम्बन्ध र संवेदनाको कथावस्तुमा आधारित यो फिल्म आउँदो दशैँको फूलपातीमा प्रदर्शन हुने तयारीमा छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link