Home समाचार ‘रातो पासपोर्ट’ फिल्म निर्माणको घोषणा

‘रातो पासपोर्ट’ फिल्म निर्माणको घोषणा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । परदेशिने नेपालीहरूको संघर्षलाई रातो पासपोर्ट फिल्म मार्फत पर्दामा उतारिने भएको छ ।

सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको यस फिल्मले विदेश जाने रहर र त्यहाँको कठोर यथार्थबीचको द्वन्द्वलाई उजागर बताईएको छ । यो फिल्मको निर्देशन चाँहि फाइट डारेक्टरको रुपमा परिचित सिमसोन तामाङले गर्ने छन ।

कथा माइल तामाङको रहने छ भने स्क्रिनप्ले डाइलग प्रदीप कुमार चौधरीको रहने छ । फिल्ममा निर्माताको पोजिसनमा लोकबहादुर तामाङ र प्रवेश पौडेल रहनेछन । निर्माताको प्रवेश आफैमा फिल्म निर्देशक पनि हुन जसले यस अघि अमेरिका व्याइज र विहे पास नामक फिल्म बनाएका थिए ।

कलाकार घोषणा नगरिएको यस फिल्मको प्राविधिक पक्षमा अमृत मरहट्ठा (मेकअप र एसएफएक्स)  रवीन्द्र न्यौपाने (छायांकन), र जयन जे. वाइबा (सङ्गीत) को सहभागिता रहनेछ ।

फिल्मका लागि नेपालबाट कलाकार छानिनेछ भने युरोप र बेलायतमा रहेका नेपाली कलाकारहरूलाई अडिसनमार्फत सहभागी गराइने बताईएको छ । । ‘रातो पासपोर्ट’ फिल्मले विदेश सपनाको भित्रि पीडा, मोह र यथार्थलाई मार्मिक शैलीमा दर्शक माझ प्रस्तुत गर्ने निर्माण पक्षको दावी छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link