काठमाडौ । सदावहार लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ को नयाँ भर्सन द भ्वाईस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको स्वरमा सार्वजनिक भएको छ । लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीत मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो ।
३५ वर्ष अगाडी सार्वजनिक भएको ‘धोका दियौ तिमीले’ गीतलाई प्राज्ञ, संगीतकार शान्तिराम राईले संगीत गरेका हुन् । यो गीतमा गीतकार बुद्धवीर लामाको शब्द रहेको छ । ३५ वर्ष पुरानो मेल भर्सनमा सरोजकुमार श्रेष्ठको स्वर रहेको थियो भने फिमेल भर्सनमा गायिका सुक्मित गुरुङको स्वर रहेको थियो ।
यस गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन्, भने किशोर थापाले मिक्सिङ मास्टरिङ गरेका छन् । दिवंगत गायक स्व. विक्रम राई प्रती समर्पित गीतको एडिसनल संगीत विक्रमले नै गरेका हुन् । जहाँ गायिका मेलिना राईको स्वर रहेको छ ।


