Home Main Highlight News वर्षाकाे जाेवनमा लठ्ठ बने ‘माग्ने राजा’

वर्षाकाे जाेवनमा लठ्ठ बने ‘माग्ने राजा’

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । ऋषि लामिछाने निर्देशित चलचित्र ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ । चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको यस चलचित्रको मंगलबार ‘त्यो मिठो जोवन’ बोलको गीत सार्वजनिक भएको हो ।

रचना रिमाल र सविन सुवेदीको स्वरमा रहेको गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । लोकभाकामा सुन्न सकिने यो गीतमा कविराज गहतराजको कोरियोग्राफी र मित्र डी गुरुङको सम्पादन र नरेन्द्र मैनालीको छायांकन रहेको छ ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । यो सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका देख्न पाइनेछ । आरआर फिल्मसले वितरण गर्ने सिनेमामा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link