Home Main Highlight News ‘बलिदान’ काे पोस्टरमा य‍स्ताे लुक्स सार्वजनिक

‘बलिदान’ काे पोस्टरमा य‍स्ताे लुक्स सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौँ ।  यस वर्ष दसैँको फूलपातीमा प्रदर्शन हुने फिल्म ‘बलिदान’ को चार पाेस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेनको भूमिकालाई प्रस्तुत गरिएको छ।

यी पोस्टरमात्र नभएर समाजका कुनाकाप्चामा लुकेका पात्रहरूको कथा रहेको बताएका छन्। उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘फिल्मका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो प्रभाव छोड्ने यी अनुहारलाई पहिलो पटक दर्शकसामु प्रस्तुत गरिएको हो। यी तस्बिरहरू केवल पोस्टर होइनन्, यी ती पात्रहरू हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन्।’

फरक र प्रभावशाली भूमिकामा देखिएका कलाकारहरूमध्ये हेमन्त बुढाथोक सयौँ फिल्ममा खलनायकको रूपमा आफ्नो गहिरो छवि बनाइसकेका अनुभवी कलाकार हुन्। निर्देशक सेनले हेमन्तको भूमिकाबारे उल्लेख गर्दै भनेका छन्, ‘जसको उपस्थितिले पर्दामा मात्र होइन, कथाको हड्डी नै काँप्छ।’

त्यस्तै, संवेदनशील र गहिरा भूमिकामा आफूलाई सावित गरिसकेका अभिनेता अर्पण थापालाई निर्देशकले यस्तो पात्रका रूपमा प्रस्तुत गरेका छन्, जसको आँखाबाट शब्दहरू बोल्छन् र चरित्रको पीडा, विद्रोह र सत्यता दर्शकले महसुस गर्ने बताएका छन्।

अभिनेत्री ऋचा शर्मा फिल्ममा एक फरक तरिकाले समाजको प्रतिनिधित्व गर्ने भूमिकामा देखिनेछिन्। निर्देशकका अनुसार उनी प्रत्येक संवादमा जीवनको असल मर्म उजागर गर्ने पात्र हुन्।

साथै, निर्देशक सेन आफैँ पनि फिल्मको एक प्रभावशाली भूमिकामा प्रस्तुत हुनेछन्। आफूले निभाएको पात्रबारे उनले लेखेका छन्, एक यस्तो पात्र, जो केवल कथा भित्र सीमित छैन, उसले आफ्नो समाजलाई परिभाषित गरेको छ।’

यसअघि फिल्मका प्रमुख कलाकार समीर भट्ट, सौगात मल्ल र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो। र फिल्मको प्रिटिजर पनि चर्चामा छ। आसुसेन फिल्म्स्को प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्मातामा प्रेम पुरी छन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link