Home Main Highlight News दयाहाङ राई अभिनित ‘मिरमिरे’को छायांकन सकियो

दयाहाङ राई अभिनित ‘मिरमिरे’को छायांकन सकियो

by Parda Sansar
A+A-
Reset

काठमाडौं । अभिनेता दयाहाङ राईले आगामी फिल्म ‘मिरमिरे’को छायांकन सकेका छन् । एक महिना लगाएर फिल्मको छायांकन सकिएको हो ।

याम शेर्पा निर्देशित यो फिल्मको छायांकन काभ्रे र मकवानपुरमा गरियो । ‘अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समय मिलाएर खिच्नेछौं’ शेर्पाले  भने ।

फिल्मको प्रदर्शन माघ १ गतेलाई तय गरिएको छ । अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर यसअघि प्रदर्शन मिति घोषणा गरिएको थियो ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्मको शीर्ष भूमिकामा अभिनेता राईसहित प्रकाश सपूत र निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् । बालकलाकारमा साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मको सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले लिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link