Home Main Highlight News आजबाट हलमा दयाहाङ र रिश्माको चलचित्र ‘रिमै’

आजबाट हलमा दयाहाङ र रिश्माको चलचित्र ‘रिमै’

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । आज भदौ २० गते शुक्रबारबाट प्रदर्शनमा चलचित्र ‘रिमै’ हलहरुमा लागेकाे छ ।

चलचित्रको बुधबार गरिएको प्रिमियरशोमा चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको थियो । अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको सिनेमाले देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १४ शो र मोफसलमा १८ शो उपलब्ध गराएको छ ।

त्यस्तै देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना पाँच हलमा ५ शो, वान सिनेमाजले ७ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बिएसआर मुभिजले २ शो, रञ्जना सिनेप्लेक्सले ५ शो, सिके सिनेमाजले २ शो, सिने डी सेफले २ शो उपलब्ध गराएको छन् । यदि हलमा दर्शकको चाप बढ्दै गएको खण्डमा विस्तार शो थपिँदै जाने विश्वास निर्माण टिमको छ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्मातामा छन् ।

खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link