Home Main Highlight News सामाजिक संजाल प्रतिबन्धको असर : गीत रिलिज धमाधम रोक्दै कलाकार

सामाजिक संजाल प्रतिबन्धको असर : गीत रिलिज धमाधम रोक्दै कलाकार

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । सरकारले सामाजिक संजालमा प्रतिबन्ध लगाएपछि यसको असर सांगीतिक र फिल्म वृत्तमा देखिन थालेको छ । प्रतिबन्धको असरका बाछिटा क्रमशः देखिन थालेका छन् । दशैंमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘बलिदान’ले ‘आमा’ शीर्षकको गीतको रिलिज स्थगित गरेको छ ।

निर्देशक सन्तोष सेनले सामाजिक संजाल प्रतिबन्ध भएको कारण गीत रिलिज रोक्नुपरेको बताएका छन् । प्रतिबन्ध हटेपछि मात्र गीत सार्वजनिक गर्ने उनको भनाइ छ । चर्चित गायिका तृष्णा गुरुङ शुक्रबार नयाँ गीत ‘लै बरी’ सार्वजनिक गर्ने तयारीमा थिइन् । गीतको रिलिज स्थगित भएको र नयाँ मिति चाँडै सार्वजनिक हुने जनाइएको छ ।

‘अप्रत्याशित परिस्थितीको कारण गीत सार्वजनिक योजना तत्काललाई पर सारिएको छ’ तृष्णाले सामाजिक संजालमार्फत जनाएकी छन् ।

यसबाहेक केही कलाकार र फिल्मले तत्काल गीत र प्रवर्धन सामग्री सार्वजनिक गर्ने योजना रोकेको खबर छ । यसबाहेक सांगीतिक क्षेत्रका कलाकारले सामाजिक संजालमा रोक लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

सरकारले फेसबुक र युट्युबसहितका सामाजिक संजालमा रोक लगाउने निर्णय गरिसकेको छ । नेपाली संगीत रिलिज र प्रवर्धनका दुई प्रमुख प्लाटफर्म नै बन्द हुने भएपछि यसले संगीत र फिल्म क्षेत्रलाई ठूलै धक्का लाग्ने देखिएको छ ।

युट्युब त संगीतको प्रमुख प्लाटफर्म हो । यो माध्यममा रिलिज भएपछि मात्र टिकटक र स्पोटीफाईमा गीत सार्वजनिक हुने गरेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link