बिर्तामोड । विजय केरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘परिवर्तन’को पोस्टर सङ्गै प्रदर्शन मिति घोषणा गरिएको छ । सुशील श्रेष्ठको एक्सन अवतार रहेको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले माघ ९ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् ।
सार्वजनिक पोस्टरमा सुशील श्रेष्ठको प्रतिसोधको झल्को देख्न सकिन्छ । सिनेमामा सुशील श्रेष्ठका अलवा अञ्जना बराइली, सरोज खनाल,करिश्मा मानन्धर,हेमन्त बुढाथोकी,सुवास मेचे,बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायत कलाकारहरूको मुख्य भूमिका छ ।
दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको एक्सन निर्देशक श्री श्रेष्ठ हुन भने कथा तथा निर्माण बिनोद सिवाकोटीको रहेको सिनेमालाई शिवम् अधिकारीले लेखेका हुन् । सिनेमाको ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणको छ। यस सिनेमाको सह सम्पादन उमेश थापाले गरेका छन्। साथै एसोसिएट निर्देशकमा नवराज शर्मा रहेका छन्। कलरिस्ट राजेन्द्र मोक्तान गरेका हुन् ।
डिओपी शिव ढकालको छ भने सिनेमाको सम्पादन बन्दे प्रसादले गरेका छन्। यसको प्रोडक्सनको काम अरुण रेग्मीले सम्हालेका छन्। सिनेमाको डिजिटल साझेदार ‘ओएसआर’ र वितरण आर.आर. फिल्म्सले गर्ने भएका छन्।