Home Main Highlight News ‘डल्लेले इन्ट्री मार्‍यो’मा सागरको जोडी रोशनी

‘डल्लेले इन्ट्री मार्‍यो’मा सागरको जोडी रोशनी

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  राजु गिरीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’को मुख्य अभिनेत्रीमा रोशनी खड्का अनुबन्धित भएकी छन् । सोमबार घटस्थापनको दिन पारेर उनीसँग निर्माण पक्षले लिखित सम्झौता गरेको हो । फिल्ममा उनको जोडी अभिनेता सागर लम्साल (बले ब्रो)सँग बाँधिनेछ । सागर गत माघमै फिल्ममा अनुबन्ध भएका हुन् ।

मिस नेपाल २०२५ मा अडिसन दिएको भिडियो क्लिप्स सार्वजनिक भएपछि रोशनी एकाएक चर्चामा आएकी थिइन् । फरक क्षमताकी उनी थिएटर पृष्ठभूमिकी हुन् । नाटकमार्फत अभिनयको अनुभव बटुलिसकेकी उनी फिल्ममा भने पहिलो पटक देखिन लागेकी हुन् । उनले आफूलाई अभिनयको नयाँ यात्रामा प्रस्तुत गर्न पाउनु ठूलो अवसर भएको बताएकी छन् ।

लक्ष्मण सुवेदीको लेखन रहेको यो फिल्ममा सागर र रोशनीसहित रमेश बुढाथोकी, रविन्द्र झा, ध्रुव कोइराला, सुभाष गजुरेल लगायतको पनि अभिनय रहनेछ । दशैं लगत्तै छायांकन सुरु हुने फिल्ममा श्याम तामाङको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन तथा अर्जुन पोखरेल, बाबुल गिरी र रिमेश कुमार थापाको संगीत रहनेछ ।

उषा फिल्म्सको ब्यानरमा सावित्रा चिलुवाल, निर्मला बस्नेत र आशिष-आदर्श बस्नेतले फिल्मको निर्माण गर्नेछन् । चितवन र काठमाडौंमा छायांकन हुने यो फिल्म कमेडी कथावस्तुमा बन्न लागेको हो । फिल्मलाई यसै वर्ष प्रदर्शनको तयारी गरिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link