Home Main Highlight News ‘हरिबहादुरको जुत्ता’लाई युनिभर्सल सर्टिफिकेट

‘हरिबहादुरको जुत्ता’लाई युनिभर्सल सर्टिफिकेट

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । अर्थात् यो सिनेमा सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् ।

दिपेन्द्र के. खनाल निर्देशित यस फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने र कमलमणि नेपाल लगायत कलाकारको अभिनय रहेको छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको ‘हरिबहादुरको जुत्ता’लाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । फिल्मको छायाँकारमा कृष्ण बहादुर थापा र सम्पादकमा नकुल खड्का रहेका छन् ।

फिल्ममा वसन्त सापकोटाको संगीत, दिपक शर्मा र प्रकाश सपुतको शब्द रचना रहेको गीतमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईलाई सुन्न सकिनेछ । ‘हरिबहादुरको जुत्ता’ दशैंको फूलपाती अर्थात् असोज १३ गते देशभरका हलमा रिलिज हुने भएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link