बिर्तामोड । नेपाली सिनेमा लभर्सको लागि खुशीको खबर छ । ओटीटीमा नयाँ पाँच फिल्म रिलिज भएको छ । त्यो पनि यस्तो उस्तो होइन, सिनेमा हलमा निक्कै सफल भएको र दर्शकबाट खूब माया पाएका फिल्महरु आएका छन् । अब तपाईंले यी सबै नयाँ फिल्म दशैँमा परिवारका साथमा घरमै बसेर हेर्न सक्नुहुनेछ । त्यो पनि थोरै पैसा तिरेर ।
पिताम्बर, गाउँ आएको बाटो, होस्टेल ३ र फेरि रेशम फिलिलि सिनेमाघर एपमा रिलिज भएको छ । ‘दशैंतिहार मुभी मेला’ नाम दिएर सिनेमा घरले यी चार फिल्म सार्वजनिक गरेको हो । यो वर्षको सुपरहिट फिल्म ‘उनको स्वीटर’ एमएसएममा यसअघि नै रिलिज भइसकेको छ ।
धेरैलाई अझै ओटीटीबाट फिल्म हेर्ने बानी छैन । ओटीटीबाट फिल्म हेर्न खास केही गर्नु पर्दैन । एमएसएम वा सिनेमा घर एपलाई मोबाइलमा डाउनलोड गर्ने । स्मार्ट टिभी वा वेबब्राउजरमा त्यसलाई कनेक्ट गर्ने । अनि खल्ती, इसेवाबाट सजिलै पेमेन्ट गरेर फिल्मको मज्जा लिन सकिन्छ । अब युट्युबमा कहिले आउला र हेरौँला भनेर कुर्ने दिन गए । ओटीटीको प्रयोग गरेर सजिलै नयाँ फिल्म हेर्ने जमाना आइसक्यो ।